ad ad

कार


टाटाको नेक्सन कार अब विद्युतीय भेरिएन्टमा पनि उपलब्ध, कति छ मूल्य?

टाटाको नेक्सन कार अब विद्युतीय भेरिएन्टमा पनि उपलब्ध, कति छ मूल्य?

नेपालखबर
माघ १५, २०७६ बुधबार १०:४४,

टाटा मोटर्सको चर्चित नेक्सन कार विद्युतीय भेरिएन्टमा पनि सार्वजनिक भएको छ। कम्पनीको यो पहिलो विद्युतीय एसयूभी हो। यसअघि टाटाले विद्युतीय टिगोर सेडान बजारमा ल्याइसकेको छ।

कम्पनीका अध्यक्ष एन चन्द्र शेखरनले दुई वर्षभित्र २ वटा एसयुभी, एउटा हचब्याक र एउटा सेडान गाडी बजारमा ल्याउने बताएका छन्। उनले विश्वव्यापी रुपमै गाडी उत्पादन विद्युतीयतर्फ सिफ्ट भएको भन्दै टाटाले सबैले प्रयोग गर्नसक्ने सस्तो गाडी उत्पादन गर्ने बताएका छन्।

टाटा नेक्सन एसयूभी भारतीय बजारको सुरुवाती मूल्य १४ लाख भारु छ। ३ वटा भेरिएन्टमा उपलब्ध गाडीमा ८ वर्ष ब्याट्रीको वारेन्टी रहेको छ। सिग्नेचर टेल ब्लु, ग्यासियर ह्वाइट र मुनलाइट सिल्भर कलरमा उपलब्ध भएको बताएको छ।

३०.२ किलोवाट लिथियम आयन ब्याट्री रहेको गाडीमा फास्ट चार्जरमार्फत १ घण्टामा ८० प्रतिशत चार्ज हुने गाडीमा रेगुलर चार्जबाट फुल चार्ज हुन ८ घण्टा लाग्ने जानकारी गराएको छ।

७ इन्च टच स्क्रीन इन्फोटेनमेन्ट भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सिस्टम रहेको छ । गाडीमा २ सय ५ मिलिमिटर ग्राउन्ड किलियरेन्स रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .