उक्त ट्रक बुलेटप्रुफ भएको लगातय अन्य हतियारको आक्रमणबाट पनि केही नहुने दाबी गरिएको थियो।
उक्त ट्रकमा रहेका सिसाको नाम थियो ‘टेस्ला आर्मर ग्लास’ अर्थात् उक्त सिसा गोली तथा हतियार प्रतिरोधी कवच भएको भनिएको थियो।
तर गत शुक्रबार क्यालिफोर्निया, हथोर्नमा आयोजित कार्यक्रममा उक्त ट्रकको सिसा फलामको एक डल्लोको प्रहारबाट फुटेको छ। भिडियोमा सिसा दुलो परेको देखिएको छ।
उक्त ट्रकको विशेषताहरु बताउन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। सोही कार्यक्रममा बुलेटप्रुफ भनिएको ट्रकको सिसा फुटेपछि यतिबेला टेस्ला कम्पनी र कम्पनी प्रमुख एलन मस्कको आलोचना सुरु भएको छ।
यसै कारण टेस्लाको सेयर बजारमा ६ प्रतिशतले गिरावट आएको जनाइएको छ। एजेन्सी
(भिडियो)
प्रतिक्रिया