ad ad

कार


विद्युतीय सवारीसाधन विकास गर्न टोयोटा र बीवाईडीले मिलेर अनुसन्धान गर्ने

विद्युतीय सवारीसाधन विकास गर्न टोयोटा र बीवाईडीले मिलेर अनुसन्धान गर्ने

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ७:१७,

टोयोटा मोटर कर्प र चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीले जोइन्ट भेन्चर (संयुक्त उपक्रम)मा विद्युतीय र ब्याट्री कारको डिजाइन तथा विकास गर्ने भएका छन्। उक्त उपक्रम अर्को वर्ष चीनमा स्थापना गरिने रोयटर्सले जनाएको छ।

दुवै कम्पनीले आधा–आधा पुँजी लगानीमा कम्पनी खोल्नेछन्। तर कम्पनी कति मूल्यको हुने केही बताइएको छैन। दुवै कम्पनीले ब्याट्री ईभीलाई जोड दिएका छन्। टोयोटाले सन् २०२५ सम्ममा विश्वमा आधाजसो ईभी बिक्री गर्ने योजना बनाएको छ।  यस्तो सवारीसाधन विकास गर्ने लक्ष्य राखेको टोयोटाले हाइब्रिड कार उत्पादनको पनि योजना बनाएको छ।

तर बीवाईडी र टोयोटाले विशेषतः ब्याट्री कारलाई जोड दिएका छन्। गत जुलाईमै दुवै कम्पनीले पूर्ण विद्युतीय सेडान र एसयूभी कारहरु विकास गर्ने बताएका थिए। संयुक्त उपक्रममा निर्माण हुने ब्याट्री कारहरु सन् २०२५ अगाडि नै चीनमा टोयोटा ब्रान्डमा बिक्री गर्ने उद्देश्य राखिएको छ।

टोयोटाले हाइड्रोजन इन्धनयुक्त सवारीसाधन समेत विकास गर्छ। यस्ता कारहरु चिनियाँ कम्पनीहरु ग्वान्झाउ अटोमोबाइल ग्रुप र फ ग्रुपसँग मिलेर फ्युल–सेल (ब्याट्री) मोडलमा सार्वजनिक गर्ने तयारी गरिएको छ।

त्यस्तै टोयोटाले आफ्नो पहिलो विद्युतीय कार सी–एचआर/आईजेटओए कम्प्याक्ट क्रसओभर अर्को वर्ष सार्वजनिक गर्ने तयारी गरेको छ।

चीनको शेन्जेनमा मुख्यालय रहेको बीवाईडीले सोंग सिरिज र क्विन प्लगमा आधारित हाइब्रिड कार मोडलको विकास गरिरहेको छ। उसले पनि पूर्ण विद्युतीय कार उत्पादनमा जोड दिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .