ad ad

बागमती


आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम

नेपालखबर
माघ ११, २०८० बिहिबार १४:२२, काठमाडौँ

आज (बिहीबार) बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको हो। 

उपत्यकाका लागि यो न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम हो।

यसअघि उपत्यकामा यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम यही माघ ८ गते ३.२ डिग्री सेल्सियस थियो।

आज यसभन्दा पनि तल झरेको हो। 

न्यूनतम तापक्रम तल झर्दा बिहान कठ्यांग्रिँदो जाडो हुन्छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .