धादिङ-२ मा रुबिभ्याली गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ को मत गनिसक्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी अगाडि भएका छन्।
भण्डारी ४६७ मतसहित पहिलो स्थानामा हुँदा उनलाई नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले ४३४ मतका साथ पछ्याइरहेका छन्।
यसपछि नेकपा एमालेका धनबहादुर घलेले १६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बोधनारायण श्रेष्ठले ३२६ भोट ल्याएका छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेश रिजालले ३५८ मत प्राप्त गरेका छन्।
मतगणना जारी छ।
1.8k
Shares

प्रतिक्रिया