कर्णाली


जाजरकोटबाट एमाले केन्द्रीय सदस्य निरज आचार्यसहित ५ जनाको नाम सिफारिस

जाजरकोटबाट एमाले केन्द्रीय सदस्य निरज आचार्यसहित ५ जनाको नाम सिफारिस

नेपालखबर
पुस २०, २०८२ आइतबार २०:४४, सुर्खेत

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले जाजरकोटले पार्टीका केन्द्रीय सदस्य निरज आचार्यसहित पाँच जनाको नाम सिफारिस गरेको छ। 

आइतबार आचार्यसँगै अर्का केन्द्रीय सदस्य डम्बरबहादुर सिंह, अनेरास्ववियुका केन्द्रीय पूर्वउपाध्यक्ष नारायण घर्ती र नेता गणेश थापाको नाम सिफारिस गरेको छ। 

एमाले जाजरकोटका अनुसार महिलातर्फ पूर्वकर्णाली प्रदेशसभा सदस्य कौशीला खत्रीको नाम सिफारिस भएको छ। 

यस्तै, आचार्य २०७९ को निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको गठनबन्धनबाट उम्मेदवार बनेका माओवादीका शक्ति बस्नेतसँग पराजित भएका थिए।

नेकपा एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कर्णाली प्रदेशमा रहेका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्र मध्ये हालसम्म ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लागेको छ।

जसमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट ध्रुवकुमार शाही, सुर्खेत–२ बाट कुलमणी देवकोटा, सल्यानबाट गुलावजंग शाह, जुम्लाबाट शान्तिलाल महत र रुकुमपश्चिमबाट नन्दाराम देवकोटाको नाम एकल सिफारिस भएको छ। 

यस्तै, कालिकोट, हुम्ला, मुगु र डोल्पाबाट हालसम्म एमालेले उम्मेदवार सिफारिस गरेको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad