बागमती


काठमाडौँमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय पुरुषको मृत्यु

काठमाडौँमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय पुरुषको मृत्यु

नेपालखबर
पुस ८, २०८२ मंगलबार १३:८, काठमाडौँ

काठमाडौँ महानगरपालिका-३२ स्थित सडकमा गएराति मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजना अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको हो।

उक्त मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरुषको हाल नाम, थर र ठेगाना नखुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा उनको मृत्यु भएको उनले बताए। 

प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad