बागमती


थानकोटमा १ अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै

थानकोटमा १ अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार ७:४५, काठमाडौँ

काठमाडौँको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ।

सो अवसरमा उनीहरूबीच जर्मन विकास बैँक (केएफडब्लू) को करिब एक अर्ब रुपैँया बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि-४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भयो।

भेटमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन बनाउन आफूले निरन्तर पहलकदमी, सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिनुहुँदै अगामी दिनमा पनि यस्तो कार्य निरन्तर रहने जानकारी दिए।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रूपमा थानकोटमा २५ शय्याको अस्पताल बन्न लागेको हो।

यसका लागि केएफडब्ल्यूले प्रारम्भिक खाका स्वीकृत गर्दै ‘ग्लोबल टेन्डर’का चरणमा पुगेको जनाइएको छ।

केएफडब्ल्यूले अस्पतालका लागि करिब एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ।

प्राथमिक अस्पताल थानकोट परिसरमा सो विशेषज्ञ अस्पताल भवन बनाउन मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ।

नगरपालिकाको सहजीकरण, समन्वय र सहकार्यमा नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्ल्यूले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर ) तयार पारेका थिए।

गत जेठको पहिलो साता अस्पतालको विस्तृत खाकासहित ‘ग्लोबल टेन्डर’ प्रक्रिया अगाडि बढाउन आवश्यक प्रतिवेदन तयार गर्न स्थलगत अध्ययन गर्न केएफडब्ल्यूको केन्द्रीय कार्यालयबाट मिसेल स्विपर, प्राडा योर्कको सहित उच्चस्तरीय टोली नेपाल आएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad