बागमती


बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी

बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १९:३९, हेटौँडा

राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरेको छ।

संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठका अनुसार शाह र गुरूङले जेन–जी आन्दोलनको नाममा हिंसा र तोडफोडलाई प्रोत्साहन गरेको भन्दै उनीहरूविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन माग गरिएको हो।
शाह र गुरूङको नेतृत्वमा रहेका समूहहरूले पार्टी र सरकारी भौतिक संरचनाहरू नष्ट गर्ने उद्देश्यले आन्दोलनको दुरुपयोग गरेको जाहेरीमा उल्लेख छ।

यस्तै, आन्दोलनको नाममा चितवनमा एमालेका करिब दुई दर्जन नेताहरूका घर तथा कार्यालयमा तोडफोड र आगजनी गरिएको, जिल्लाका विभिन्न पार्टी कार्यालय, तीन नगर र एक वडाका संरचनामा समेत क्षति पुर्‍याइएको उल्लेख छ।

यसअघि अनेरास्ववियु चितवनले पनि यही विषयमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले जाहेरीबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad