बागमती


लिसंखुपाखरमा पहिरोको जोखिम, १७ परिवारलाई विद्यालयमा सारियो

लिसंखुपाखरमा पहिरोको जोखिम, १७ परिवारलाई विद्यालयमा सारियो

नेपालखबर
असोज १९, २०८२ आइतबार १८:२२, हेटौँडा

लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ लामिडाँडास्थित पहरी बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

गाउँमाथिबाट पहिरो खस्ने उच्च सम्भावना देखिएपछि शनिबार (हिजो) साँझ ७ बजे सुरक्षित स्थानमा सारिएको प्रहरी चौकी ठूलोपाखरका प्रहरी निरीक्षक भगवान खरेलले जानकारी दिए।

प्रहरीले सोही वडाका वडाध्यक्ष दानबहादुर तामाङको समन्वयमा पहरी बस्तीका १७ घरका ४० जनालाई स्थानान्तरण गरेको हो।

उनका अनुसार जोखिममा परेका परिवारहरूलाई बस्तीबाट करिब ५ सय मिटर टाढा रहेको लामिडाँडा आधारभूत विद्यालयमा अस्थायी रूपमा बसोबास गराइएको  छ।

केही वर्षअघि उक्त बस्तीमा पहिरो गएको र सोही स्थिती दोहोरिन सक्ने भन्दै उनीहरुलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष दानबहादुर तामाङले बताए।

उनीहरु दिनभर घरमै बस्ने गरेको तर रातको समयमा भने उक्त विद्यालयमा सुत्ने व्यवस्था मिलाइएको तामाङको भनाइ छ। मौसम सफा नभएसम्मका लागि सबैलाई उक्त विद्यालयमै राखिने व्यवस्था मिलाइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad