बागमती


कुलमानले गरे उपत्यकाका नदी करिडोर र चोभार गल्छीको निरीक्षण

कुलमानले गरे उपत्यकाका नदी करिडोर र चोभार गल्छीको निरीक्षण

नेपालखबर
असोज १८, २०८२ शनिबार १६:२१, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ नेतृत्वको टोलीले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन्।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र अन्य सरकारी अधिकारीहरूको टोली लिएर उनले काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले गल्छी क्षेत्रको निरीक्षण गरेका हुन्।

मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे पनि जानकारी लिएका हुन्।

यस क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताका साथ सुरक्षित भएर बस्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad