बागमती


बागमती प्रदेशसभाको बैठक आजदेखि नयाँ भवनमा

बागमती प्रदेशसभाको बैठक आजदेखि नयाँ भवनमा

बागमती प्रदेशसभाका लागि बनेको नयाँ भवन


नेपालखबर
साउन २७, २०८२ मंगलबार ८:२९, हेटौँडा

बागमती प्रदेशसभाको अस्थायी भवन साढे ४ वर्षमा सम्पन्न, आजको बैठक नयाँ भवनमा सञ्चालन हुने

बागमती प्रदेशसभाको बैठक आज (साउन २७ गते) देखि नयाँ भवनमा बस्ने भएको छ। 

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत आज त्यही भवनमा लिने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए। 

२०७७ मंसिर १० मा शिलान्यास गरिएको उक्त भवन निर्माण सकिन झन्डै ४ वर्ष लागेको हो। 

२०७७ मंसिरमा ठेक्का लागेको भवन ४ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो।

नयाँ भवनमा अब प्रदेशसभाको बैठक र काम/कारबाही सञ्चालन गर्न सहज हुने सचिव पौडेलले बताए।

नयाँ सभाहलमा २ सय ५० जना अट्ने क्षमता छ। भवनको लम्बाइ १ सय ४० मिटर र चौडाइ ८० फिट छ।

बागमती प्रदेशसभाका लागि बनेको नयाँ भवन

भित्री संरचनासहित माइक, जेनेरेटर र आवश्यक उपकरणको जडान पनि सम्पन्न भइसकेको सचिव पौडेलले जानकारी दिए। 

तर यो भवनलाई पनि अस्थायी भनिएको छ। 

२०७७ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा कार्यकक्ष साँघुरो भएपछि अस्थायी भवन निर्माण गर्ने प्रक्रिया सुरु गरेका थिए। स्थायी भवन निर्माणका लागि तत्काल जग्गा नपाएपछि प्रदेश सरकारले अस्थायी भवन निर्माण थालेको थियो।

भवन बनेको जग्गा प्रदेश सरकारको स्वामित्वमा नरहेका कारण यसलाई अस्थायी भवन भनिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad