बागमती


बागमतीमा बजेट सच्याउन लिखित सहमति

बागमतीमा बजेट सच्याउन लिखित सहमति

नेपालखबर
असार १९, २०८२ बिहिबार १८:३, हेटौँडा

बागमती प्रदेश सभा सञ्चालनका विषयमा दलहरूबीच सहमति भएको छ। बिहिबार (आज) दिउँसो सभामुख भुवन कुमार पाठकको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेको हो।

बिहान ११ बजेदेखि सुरु भएको बैठकमा दिनभरको कसरतमा सहमति जुटेको बैठकमा सहभागी माओवादी केन्द्र बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए।

ढकालका अनुसार प्रतिपक्षले उठाउँदै आएका विषयलाई समेट्ने गरी सहमति भएको हो। प्रदेश सभाका ५ दल बीच भएको छलफलमा बजेटमा छुटेका विषयलाई सम्बोधन गर्ने सहमति भएको उनले जानकारी दिए।

बजेटलाई सन्तुलित र व्यवस्थित बनाउन सरकारले आवश्यक काम गर्ने गरी लिखित सहमति भएसँगै अब सदन सुचारु हुनेछ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले सहित प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी सहभागी छन्।

बजेट विवादका कारण प्रदेशसभा बैठक पटकपटक स्थगित हुँदै आएको छ। यसअघि आज दिउँसो १ बजेका लागि बोलाएको बैठक २ बजेका लागि सारिएको थियो। २ बजे पनि बैठक बस्न नसकेपछि पूर्ण सूचना टाँस गरेर ५ बजेका लागि बैठक सारिएको थियो। 

बजेटमाथिको विवादका कारण प्रदेशसभा बैठक गत असार १२ गतेदेखि प्रभावित बन्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad