बागमती


पिचमा लापर्बाही भइरहेको गुनासोपछि मन्त्री पुगे राति नै सडकमा

पिचमा लापर्बाही भइरहेको गुनासोपछि मन्त्री पुगे राति नै सडकमा

बिहीबार राति सडक अनुगमनका क्रममा मन्त्री अमनकुमार मास्के।


सुनिता विष्ट
जेठ ९, २०८२ शुक्रबार ९:१, हेटौँडा

सडक पिच (कालोपत्र) गर्ने क्रममा लापरबाही भएको गुनासो आएपछि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्केले राति स्थलगत अनुगमन गरेका छन्।

हेटौँडाबाट काठमाडौँ पुग्ने छोटो मार्ग मानिने कुलेखानी-फाखेल-हुमाने सडकमा भइरहेको कालोपत्रे हेर्न मन्त्री मास्के बिहीबार राति कार्यस्थल पुगेका हुन्। 

बिहीबार राति सडक अनुगमनका क्रममा मन्त्री मास्के।

सडक पिचमा लापरबाही भइरहेको भनेर सामाजिक सञ्जालमा भिडिओ आएपछि उनी टर्च बालेर सडक अनुगनमा निस्किएका हुन्।

सडकको स्थलगत अनुगमन गर्दै मन्त्री मास्केले गुणस्तरीय काम गर्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।

‘नागरिकको करबाट निर्माण भएको संरचना गुणस्तरहीन हुन हुँदैन। निर्माणको काममा ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायीसँगै कार्यालयको इन्जिनियर जिम्मेवार र उत्तरदायी हुनुपर्छ, उनले भने, ‘निर्माण भएको संरचना परिक्षणपछि मात्र भुक्तानी तथा हस्तान्तरणको प्रक्रियामा अघि बढ्ने छ।’

उक्त सडक कालोपत्र गरिएको स्थानबाट नमुना संकलन गरी परिक्षणका लागि पठाइएको मन्त्री मास्केले जानकारी दिए।

हेटौँडा–काठमाडौँ जोड्ने उक्त सडक बागमती प्रदेश सरकारको लगानीमा असारअगावै सक्ने गरी स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेको छ।

जेठ २ गते कालोपत्र गर्न सुरु गरिएको सडकमा लापरबाही ढंगबाट काम भएको गुनासो आएपछि मन्त्री मास्के आकस्मिक रूपमा अनुगमनमा पुगेका हुन्।

हुमानेदेखि राकस खोलासम्म गरिएको कालोपत्र उप्किएको भन्दै स्थानीयले विरोध गरेका थिए।

१९ दिनमा काम सक्ने गरी सडकमा राति पनि कालोपत्र हाल्ने काम भइरहेको छ।

पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार जेठ १९ गतेसम्म काम सक्नुपर्ने र मौसम अनुकूल नहुँदा राति पनि कालोपत्र गरिएको थियो।

१२.६ किलोमिटर लम्बाइ र ८.२० मिटर चौडाइमा हुमानेदेखि कंलकीसम्मको सडक कालोपत्र हाल्ने कार्य भइरहेको छ।

सडकको ८.५० किलोमिटर सतह कालोपत्र तथा ४ किलोमिटर ढलान भइरहेको छ।

उक्त सडक कालोपत्रका लागि २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँमा सम्झौता गरिएको हो। 

हाल सडकमध्ये २ किलोमिटरमा कालोपत्र भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad