बागमती


छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बालेनले लेखे: गलत भए मलाई जेल हाल

छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बालेनले लेखे: गलत भए मलाई जेल हाल

फाइल तस्बिर: मेयर बालेन्द्र शाह ‘बालेन’


नेपालखबर
चैत १२, २०८१ मंगलबार २०:१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले ‘कानुन मिच्ने भ्रष्टाचारी’लाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन्। 

मेयर बालेनले मंगलबार (चैत १२ गते) महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै सरकारविरुद्ध उक्त आरोप लगाएका हुन्। 

उक्त कुरा गलत भए आफूलाई जेल हाल्न उनले सरकारलाई चुनौतीसमेत दिएका छन्। 

‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने’,  बालेनले लेखेका छन्, ‘माथिको कुरा गलत भए मलाइ जेल हाल।’

अवैधानिक रूपमा काठमाडौँ टावरको नक्सापास गरेको आरोप लगाउँदै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए।

गुरागाईंबारे छानबिन गर्न २०८१ पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णय गरिएको थियो। यसअनुसार पुस १६ गते कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। जसलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो।

तर पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि छानबिन समिति अलपत्र परेको थियो। त्यसपछि मेयर बालेनका सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो।

समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको थियो। समितिले समय अपुग भयो भनेपछि १० दिनको समय थपिएको थियो। तर प्रतिवेदन तयार पूरा गर्न बाँकी रहेको भन्दै समितिले फेरि थप समय मागेको थियो। 

तर समय थप्न अस्वीकार गर्दै बालेनले ३ जना विभागीय प्रमुखलाई प्रतिवेदन तयार पार्न लगाएका थिए। त्यही प्रतिवेदन उनले मंगलबार सार्वजनिक गरेका हुन्।

हेर्नुहोस् बालेनले सार्वजनिक गरेको छानबिन प्रतिवेदन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad