बागमती


काठमाडौँमा गेस्ट हाउसभित्र २२ वर्षीया युवती मृत फेला

काठमाडौँमा गेस्ट हाउसभित्र २२ वर्षीया युवती मृत फेला

नेपालखबर
पुस १८, २०८१ बिहिबार १३:४, काठमाडौँ

काठमाडौँको पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन्।

अन्दाजी २२ वर्षकी युवती गेस्ट हाउसको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेकी हुन्। 

बुधबार दिउँसो ढोका नखुलेपछि गेस्ट हाउसका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएको काठमाठडौँ प्रहरी परिसरले जानकारी दिएको छ।

उनी काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाकी हुन्।

आफन्त अहिले प्रहरी वृत्त  गौशलामा जम्मा भएका छन्।

प्रहरीले आफन्तको जाहेरी लिएर घटनाको अनुसन्धान गरिरहेको छ। 

आफन्तले घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad