बागमती


काठमाडौँ आज ८१ साल लागेयताकै चिसो

काठमाडौँ आज ८१ साल लागेयताकै चिसो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार ६:३६, काठमाडौँ

काठमाडौँ उपत्यका आज (शुक्रबार) यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो। 

यो न्यूनतम तापक्रम काठमाडौँ उपत्यकाका लागि २०८१ साल लागेयताकै कम हो। यसअघि उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियसम्म झरेको थियो।  

आज त्यसभन्दा पनि मुनि झरेको हो। त्यसो त अहिले बिहान ८:४५ बजेसम्ममा काठमाडौँको न्यूनतम तापक्रम अझ घट्न पनि सक्छ अथवा यत्ति नै रहन पनि सक्छ। 

अहिले बिहान ८:४५ बजे मौसम महाशाखाले काठमाडौँको अपडेटसँगै देशभरको न्यनूतम तापक्रमको सूची सार्वजनिक गर्नेछ।

मौसमविद्का अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजेकै मानिन्छ। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। 

मौसम महाशाखाका अनुसार हिजो अर्थात् बिहीबार भने देशभरको न्यूनतम र अधिकतम तापक्रम यस्तो थियो-

हिउँदयाम हुन्जेल तापक्रम थप घट्ने क्रम जारी रहने मौसमविद्ले बताएका छन्। यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँद लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad