देशका अन्य स्थानीय तहसँगै काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा पनि बिहान ७ बजेदेखि मतदान भइरहेको छ।
काठमाडौँ महानगरपालिकाका वडामध्ये सबैभन्दा ठूलो उक्त वडामा नेपाली कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको गएको भदौमा निधन भएपछि उपनिर्वाचन भइरहेको हो।
वडाध्यक्ष पदका लागि अहिले १८ उम्मेदवार प्रतिस्पर्धामा छन्।
लैनचौरस्थित सरस्वती क्याम्पस मतदान केन्द्रमा ८५ वर्षका मतदाताले समेत भोट हालेका छन्।
८५ वर्षका स्थानीय श्यामलाल प्रधानलाई प्रहरी हवलदार भुवन श्रेष्ठले मत खसाल्ने ठाउँसम्म पुर्याइदिएका थिए।
यी तस्बिरमा हेर्नुहोस् उक्त मतदान केन्द्रका दृश्य-


















39
Shares

प्रतिक्रिया