ad ad

बागमती


झ्याप्लेखोला पहिरोभित्र भेटियो अर्को माइक्रोबस, सातवटा शव निकालियो

झ्याप्लेखोला पहिरोभित्र भेटियो अर्को माइक्रोबस, सातवटा शव निकालियो

झ्याप्लेखोलामा पहिरो


नेपालखबर
असोज १३, २०८१ आइतबार १०:५९, हेटौँडा

धादिङको धुनिबेसी नगरपालिका-९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पुरिएको भेटिएको छ।

त्यही पहिरोमा पुरिएका तीनवटा बस निकाल्ने क्रममा माइक्रोबस पनि फेला परेको धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाले जानकारी दिए। 

रानाका अनुसार घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ।

घटनास्थलमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मीलगायतको टोलीले शव निकालिरहेको वडासदस्य रानाले बताए।

ती शव गोरखाबाट काठमाडौँतर्फ गइरहेको बस र चितवनबाट काठमाडौँका लागि छुटेको माइक्रोमा सबार यात्रुको हुनसक्ने आशंका गरिएको छ। 

तर हालसम्म दुवै सवारीसाधनको नम्बर भने पत्ता लागिसकेको छैन। बस र माइक्रोका थोरै भाग मात्र देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .