शुक्रबार काठमाडौँबाट पोखरा जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
काठमाडौँबाट पोखरा जाँदै गरेको इभी माइक्रोबस धादिङको गल्छी गाउँपालिकास्थित सिम बजारमा पल्टिँदा ६ जना घाइते भएका हुन्।
माइक्रोबस गुडिरहेको अवस्थामा सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
डीएसपी मिश्रका अनुसार तीव्र गतिमा हुइँकिएको माइक्रो बस सडकमै चिप्लिएर पल्टिएको हो।
‘माइक्रोमा सवार १५ जनामध्ये ६ जना घाइते भएका छन्’, मिश्रले नेपालखबरसँग भने, ‘२ जनाको अवस्था मध्यम छ। ४ जना सामान्य घाइते हुनुहुन्छ।’
डीएसपी मिश्रका अनुसार घाइतेहरू गल्छीस्थित स्थानीय अस्पतालमा उपचाररत छन्।
2.0k
Shares
प्रतिक्रिया