काठमाडौँ उपत्यकास्थित नदीहरूमा भीषण बाढी आइरहेकाले अति उच्च सतर्कता अपनाउन भन्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।
आज (मंगलबार) बिहान सूचना जारी गरी महाशाखाले भनेको छ– बागमतीका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायतमा जलसतह सतर्कता तह माथि रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले तटीय क्षेत्रमा ४ बजे सम्म अति उच्च सतर्कता अपनाउनहुन र नदी किनारको सडकबाट यात्रा नगर्न अनुरोध छ।
हेर्नुहोस् सूचना-
साउन २२ बिहान ११बजे
बागमतीका सहायक नदीहरू बिष्णुमती,धोवीखोला,मनोहरा, हनुमन्ते,गोदावरी,खोड्कु,नख्खु लगायतमा जलसतह सतर्कता तह माथी रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले तटीय क्षेत्रमा ४ बजे सम्म अति उच्च सतर्कता अपनाउनहुन र नदी किनारको सडकबाट यात्रा नगर्न अनुरोध @NDRRMA_Nepal pic.twitter.com/fYjDhrPpWY
Shares

प्रतिक्रिया