बागमती


निकुञ्जमा भैँसी चराउन गएका व्यक्तिमाथि हात्तीको आक्रमण, एकको मृत्यु, दुईजना भाग्न सफल

निकुञ्जमा भैँसी चराउन गएका व्यक्तिमाथि हात्तीको आक्रमण, एकको मृत्यु, दुईजना भाग्न सफल

फाइल फोटो


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १५:४६, हेटाैँडा

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजना मानिसको मृत्यु भएको छ।

बिहीवार मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो।

चितवन राष्ट्रिय निकुन्जको जंगलमा भैँसी चराउन गएका राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राईसहित ३ जना स्थानीय निकुञ्जमा भैँसी चराउन गएको अबस्थामा हात्तीले आक्रमण गर्दा राईको मृत्यु भएको थियो भने अन्य दुईजना भागेर ज्यान जोगाउन सफल भएका थिए।

निकुन्ज सुरक्षार्थ राखिएको नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट सुनाचुरीले हात्तीको आक्रमणबाट जोगिन भागेका व्यक्तिलाई सुरक्षित स्थानमा राखेको थियो।

राईलाई हात्तीले आक्रमण गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरीको टोली शुक्रबार बिहान घटनास्थल पुगेको थियो। उक्त स्थानमा राईको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad