बागमती


काठमाडौँ उपत्यकामा आज साँझ पनि हावाहुरीको सम्भावना छ कि?

काठमाडौँ उपत्यकामा आज साँझ पनि हावाहुरीको सम्भावना छ कि?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
चैत १९, २०८० सोमबार १७:८, काठमाडौँ

शनिबार र आइतबार लगातार २ दिन साँझपख काठमाडौँ उपत्यकामा हावाहुरी चल्यो। थोरै समय चले पनि हावाहुरीले मानिसलाई आतंकित बनायो। 

आज साँझ पनि हावाहुरी चल्ने सम्भावना छ कि? 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले आज काठमाडौँ उपत्यकामा हावाहुरीको सम्भावना नदेखिएको बताए। 

‘मेघगर्जन/चट्याङसँगै हावाहुरी आउने हो’, उनले भने, ‘आजलाई उपत्यकामा मेघगर्जन/चट्याङ तथा वर्षाको सम्भावना नदेखिएकाले हावाहुरीको पनि खासै सम्भावना देखिन्न।’ 

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस देखिएको छ भने अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म रहने अनुमान मौसम महाशाखाले गरेको छ। अधिकतम तापक्रम अहिले साँझ ५:४५ बजे सार्वजनिक गरिन्छ। 

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज बिहान ५ बजेर ५४ मिनेटमा घाम उदाएको थियो भने अब साँझ ६ बजेर २२ मिनेटमा अस्ताउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .