ad ad

बागमती


सुस्मिताको ‘सुसाइड नोट’मा के लेखिएको छ?

सुस्मिताको ‘सुसाइड नोट’मा के लेखिएको छ?

नेपालखबर
चैत १०, २०८० शनिबार १०:५६, काठमाडौँ

यही चैत २ गते काठमाडौँको पशुपति क्षेत्रस्थित जंगलमा १९ वर्षीया सुस्मिता थापा मृत भेटिएको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

अहिलेसम्मको अनुसन्धानले उनले आत्महत्या नै गरेको निष्कर्ष निकाले पनि किन आत्महत्या गरिन् भन्ने कुरा अझै खुल्न नसकेको गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले बताए। 

‘शवको पोस्टमार्टम र दाहसंस्कारसमेत भइसकेको छ’, उनले भने, ‘तर घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ।’

कलेज जान्छु भनेर कपनस्थित डेराबाट हिँडेकी सुस्मिता चैत २ गते पशुपति क्षेत्रको गोरखनाथ मन्दिरनजिकै जंगलमा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएक थिइन्। सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भएकी उनी कपनमै रहेको एक कलेजमा प्लस टु पढ्थिन्। 

घटनास्थलमा भेटिएको कागज सुरुमा ‘सुसाइड नोट’ भनिए पनि खासमा सुसाइड नोट नभएको पाइएको डीएसपी थेवेको भनाइ छ। 

‘खासमा एउटा बुक रहेछ, त्यसलाई हामीले नजानेर सुसाइड नोटको जस्तो कुरा गरियो। सुसाइड नोट नभएर एउटा बुकमा यत्ति मात्र लेखेकी रहिछन्, ‘म मरेको भेटिएमा यो नम्बरमा कल गर्नुहोला।’

त्यसमा फोन गर्दा उनकै दाइ पाइएको डीएसपी थेवेले बताए। तर अहिलेसम्म यो घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। 

‘घटना अनुसन्धान गर्दै जाँदा आत्महत्या दुरुत्साहन मुद्दा चलाउन सकिन्छ’, उनले भने, ‘अहिले घटना अनुसन्धानकै क्रममा छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .