ad ad

बागमती


वित्तीय समानीकरण अनुदान सिफारिस : धेरै पाउने काठमाडौँ, कुन पालिकालाई कति?

वित्तीय समानीकरण अनुदान सिफारिस : धेरै पाउने काठमाडौँ, कुन पालिकालाई कति?

सुनिता विष्ट
चैत ७, २०८० बुधबार १०:२४, हेटाैँडा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम २६ अर्ब ६८ करोड ५० लाख, सूत्रमा आधारित ५७ अर्ब ७९ करोड ५० लाख र कार्यसम्पादनमा आधारित ३ अर्ब ५२ करोड गरी ८८ अर्ब रुपैयाँ सिफारिस गरेको हो।

वित्त आयोगको सिफारिसकै आधारमा आगामी बजेटबाट संघीय सरकारले वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ। आयोगले यो न्यूनतम आवश्यकता, सूत्रमा आधारित र कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान उपलब्ध गराउँछ।

१३ जिल्ला रहेको बागमती प्रदेशको ११९ स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै अनुदान काठमाडौं महानगरपालिकाले ६७ करोड ४८ लाख पाउने भएको छ भने सबैभन्दा कम सिन्धुलीको ध्याङ्लेख गाउँपालिकाले ६ करोड ९५ लाख पाउने भएको छ।

कुन पालिकालाई कति?
काठमाडौं
काठमाडौंको शंखरापुर नगरपालिकाले १० करोड २२ लाख, कागेश्वरी मनहरा नगरपालिकाले १८ करोड ९६ लाख, गोकर्णेश्वर नगरपालिकाले २६ करोड ३९ लाख, बूढानीलकण्ठ नगरपालिका २६ करोड ९८ लाख, टोखा नगरपालिकाले २४ करोड ४८ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन्।

यस्तै, तारकेश्वर नगरपालिकाले २२ करोड ४८ लाख, नागार्जुन नगरपालिकाले १९ करोड ९० लाख, चन्द्रागिरी नगरपालिकाले २२ करोड ६२ लाख, कीर्तिपुर नगरपालिकाले १९ करोड २३ लाख र दक्षिणकाली नगरपालिकाले १० करोड २७ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन्।

भक्तपुर
भक्तपुरको चागुँनारायण नगरपालिकाले १६ करोड ७६ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ भने भक्तपुर नगरपालिकाले २० करोड ३१ लाख, मध्यपुरठिमी नगरपालिकाले २१ करोड ६२ लाख र सूर्यविनायक नगरपालिकाले २१ करोड ४३ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको हो।

ललितपुर
ललितपुरको महालक्ष्मी नगरपालिकाले १८ करोड ७३ लाख, ललितपुर महानगरपालिकाले ३७ करोड ७५ लाख, गोदावरी नगरपालिकाले १९ करोड ७६ लाख, कोञ्जोसोम गाउँपालिकाले ७ करोड, महांकाल गाउँपालिकाले ७ करोड ३ लाख र बागमती गाउँपालिकाले ७ करोड ३३ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन्।

काभ्रेपलाञ्चोक
काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले १२ करोड ४४ लाख, चौरीदेउराली गाउँपालिकाले ८ करोड ६१ लाख, भुम्लु गाउँपालिकाले ८ करोड १२ लाख, मण्डनदेउपुर गाउँपालिका १० करोड ९० लाख, बनेपा नगरपालिका १६ करोड ३० लाख, धुलिखेल नगरपालिकाले ११ करोड ७९ लाख, तेमाल गाउँपालिका ८ करोड ८६ लाख, नमोबुद्ध नगरपालिकाले १० करोड ४२ लाख, पनौती नगरपालिकाले १४ करोड १९ लाख, बेथानचोक गाउँपालिका ८ करोड ८ लाख, रोशी गाउँपालिकाले १० करोड ३० लाख, महाभारत गाउँपालिकाले ८ करोड ५ लाख र खानीखोला गाउँपालिकाले ७ करोड ३५ लाख आागमी आर्थिक बर्षका लागि वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन्।

रामेछाप
रामेछापकोे उमाकुण्ड गाउँपालिकाले ११ करोड ३ लाख रुपैंया आागमी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ भने गोकुलगंगा गाउँपालिकाले ११ करोड ७६ लाख, लिखु तामाकोशी गाउँपालिकाले १२ करोड १२ लाख, रामेछाप नगरपालिकाले १४ करोड १४ लाख, मन्थली नगरपालिकाले १८ करोड २१ लाख, खाँडादेवी गाउँपालिकाले १३ करोड ५ लाख, दोरम्भा गाउँपालिकाले ११ करोड ६८ लाख, र सुनापति गाउँपालिकाले १० करोड ७३ लाख रुपैंया आागमी आर्थिक बर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन्।

सिन्धुली
सिन्धुलीको दुधौली नगरपालिकाले १६ करोड २ लाख, फिकल गाउँपालिकाले ७ करोड ९२ लाख, तीनपाटन गाउँपालिकाले ११ करोड ४९ लाख, गोलञ्जोर गाउँपालिकाले ८ करोड ३३ लाख, कमलामाई नगरपालिकाले १६ करोड ७२ लाख, सुनकोशी गाउँपालिकाले ८ करोड ८३ लाख, घ्याङ्लेख गाउँपालिकाले ६ करोड ९५ लाख, मणिन गाउँपालिकाले ९ करोड ७७ लाख र हरिहरपुरगढी गाउँपालिकाले ९ करोड ६२ लाख रुपैयाँ आागमी आर्थिक बर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका हुन्।

मकवानपुर
मकवानपुरको १० स्थानीय तहहरुमध्ये हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा धेरै २९ करोड ९८ लाख रुपैंया आागमी आर्थिक बर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ।

यस्तै, इन्द्रसरोवर गाउँपालिकाले ७ करोड २६ लाख, थाहानगरपालिकाले १२ करोड २८ लाख, कैलाश गाउँपालिकाले ९ करोड ४ लाख, राक्सिराङ गाउँपालिकाले ९ करोड ४४ लाख, मनहरी गाउँपालिकाले १२ करोड ३७ लाख, भीमफेदी गाउँपालिकाले ९ करोड ९२ लाख, मकवानपुरगढी गाउँपालिकाले ९ करोड ८२ लाख, बकैया गाउँपालिकाले ११ करोड ९१ लाख र बागमती गाउँपालिकाले १० करोड ३९ लाख रुपैयाँ आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका हुन्।

चितवन
जिल्लाको भरतपुर महानगरपालिकाले ३७ करोड ६ लाख, राप्ती नगरपालिकाले १६ करोड २५ लाख, कालिका नगरपालिकाले १३ करोड ९२ लाख, इच्छाकामना गाउँपालिकाले ९ करोड ९७ लाख, रत्ननगर नगरपालिकाले १८ करोड ६२ लाख, खैरहनी नगरपालिकाले १६ करोड १४ लाख र माडी नगरपालिकाले १२ करोड १३ लाख रुपैंया आागमी आर्थिक वर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ।

दोलखा
दोलखाको जिरी नगरपालिकाले १० करोड २५ लाख, बिगु गाउँपालिकाले १० करोड ८५ लाख, गौरीशंखर गाउँपालिकाले १० करोड ४९ लाख, कालिञ्चोक गाउँपालिकाले १२ करोड ५३ लाख, बैतेश्वर गाउँपालिकाले ११ करोड ६७ लाख, तामाकोशी गाउँपालिकाले ११ करोड ४९ लाख, मेलुन गाउँपालिकाले ११ करोड ५१ लाख, शैलुन गाउँपालिकाले ११ करोड १८ लाख र भीमेश्वर नगरपालिकाले ११ करोड ७ लाख रुपैंया आागमी आर्थिक बर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका हुन्।

रसुवा
रसुवाको कालिका गाउँपालिकाले ८ करोड ३१ लाख, नौकुण्ड गाउँपालिकाले ८ करोड २७ लाख र उत्तरगया गाउँपालिकाले ७ करोड ६७ लाख, आमाछोदिङमो गाउँपालिकाले ६ करोड ८८ लाख र गोसाइँकुण्ड गाउँपालिकाले ७ करोड ८१ लाख प्राप्त गर्ने भएको छ।

नुवाकोट
नुवाकोटको १२ स्थानीय तहमध्ये म्यगङ गाउँपालिकाले ७ करोड १२ लाख, बेलकोटगढी गाउँपालिकाले ११ करोड ८० लाख, दुप्चेश्वर गाउँपालिकाले ८ करोड ४४ लाख, तादी गाउँपालिकाले ७ करोड ९१ लाख, सूर्यगढी गाउँपालिकाले ७ करोड ६७ लाख, बिदुर नगरपालिकाले १४ करोड ९१ लाख, किस्पाङ गाउँपालिकाले ७ करोड ३९ लाख, तारकेश्वर गाउँपालिकाले ७ करोड ५० लाख, लिखु गाउँपालिकाले ८ करोड ११ लाख, पञ्चकन्या गाउँपालिकाले ७ करोड ७६ लाख, शिवपुरी गाउँपालिका ८ करोड ४९ र ककनी गाउँपालिकाले ९ करोड ७६ लाख प्राप्त गर्ने भएका छन्।

धादिङ
यस्तै, धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले ९ करोड ४१ लाख, सिद्धलेक गाउँपालिकाले १२ करोड ८६ लाख, नीलकण्ठ नगरपालिकाले २१ करोड ४५ लाख, गंगाजमुना गाउँपालिकाले ११ करोड ७९ लाख, बेनिघाट रोराङ गाउँपालिकाले १५ करोड ९ लाख, त्रिपुरासुन्दरी गाउँपालिका १२ करोड ६३ लाख, खनियाबास गाउँपालिकाले ९ करोड ६ लाख, ज्वालामुखी गाउँपालिकाले १२ करोड ६८ लाख, थाक्रे गाउँपालिकाले १५ करोड ४१ लाख, गजुरी गाउँपालिकाले १३ करोड ८४ लाख, धुनिबेशी नगरपालिकाले १४ करोड ६२ लाख, गल्छी गाउँपालिका १३ करोड ५५ लाख र रुवीभ्याली गाउँपालिकाले ७ करोड ५२ लाख रुपैंया आागमी आर्थिक बर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका हुन्।

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले १८ करोड २४ लाख, बाह्रबिसे नगरपालिकाले १३ करोड ४३ लाख रुपैंया पाएको छ। यस्तै, भोटेकोशी गाउँपालिकाले १० करोड ७० लाख, जुगल गाउँपालिकाले १० करोठ ५७ लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ११ करोड ४७ लाख, हेलम्बु गाउँपालिकाले १० करोड ५२ लाख, इन्द्रावती गाउँपालिकाले १३ करोड ७८ लाख, चौतारा साँगाचोकगढी नगरपालिकाले १८ करोड ५१ लाख, बलेफी गाउँपालिकाले ११ करोड ५९ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले ९ करोड ३७ लाख, बिसंखुपाखर गाउँपालिकाले १० करोड २६ लाख र सुनकोशी गाउँपालिकाले १० करोड ९७ लाख रुपैंया आागमी आर्थिक बर्ष २०८१/०८२ को लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आफ्नो वेबसाईट मार्फत सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .