ad ad

बागमती


मेयर बालेन्द्र शाहको निर्देशनमा सुन्धारामा अमानवीय व्यवहार : श्रमिक संघ

मेयर बालेन्द्र शाहको निर्देशनमा सुन्धारामा अमानवीय व्यवहार : श्रमिक संघ

महानगर प्रहरीको कुटाइबाट घाइते व्यवसायी


नेपालखबर
फागुन १७, २०८० बिहिबार ८:१९, काठमाडौँ

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा बुधबार साँझ सुन्धारामा श्रमिकहरूमाथि महानगर प्रहरीहरूले अमानवीय व्यवहार गरेको आरोप लगाएको छ। 

बुधबार साँझ सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको थियो। पसल हटाउने विषयमा विवाद हुँदा भएको झडपमा दुवैतर्फ गरेर ११ जना घाइते भएको बताइएको छ।  

सो घटनाको विरोधमा विज्ञप्ति जारी गरी संघले मेयर शाहको निर्देशनमा नगर प्रहरीबाट श्रमिक वर्गमाथि आक्रमण भएको आरोप लगाएको हो। 

संघले विज्ञप्तिमा भनेको छ, ‘साँझको समय कसैलाई असर नपार्ने गरी सडकपेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरूलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरू लुट्ने, सामानहरू फ्याँकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउनेजस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरूले गरेका अमानवीय व्यवहारको भत्सर्ना गर्दछौँ।’

सानो पुँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडालगायतका सामग्रीहरू सस्तो मूल्यमा बिक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरूलाई सत्ता र शक्तिको आडमा गुन्डागर्दी गरिएको आरोप लगाउँदै संघले खेद प्रकट गरेको छ। 

चेतावनी दिँदै संघले अगाडि भनेको छ, ‘साँझको घटनाले महानगरपालिका आतंककारी, अपहरणकारी र लुटेराजस्तो देखिएकाले तत्काल सच्चिन आग्रह गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .