बागमती


काठमाडौँमा ठिहिर्‍याउँदो जाडो, तापक्रम कतिमा झर्‍यो?

काठमाडौँमा ठिहिर्‍याउँदो जाडो, तापक्रम कतिमा झर्‍यो?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ २५, २०८० बिहिबार ७:३, काठमाडौँ

आज (बिहीबार) बिहान पनि काठमाडौँ उपत्यकामा ठिहिर्‍याउँदो जाडो भएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनतम तापक्रम नबढेकाले बिहानको जाडो यथावत् रहेको हो। 

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको जानकारी उनले दिइन्।

‘अहिले ८:४५ बजे आजको आधिकारिक न्यूनतम तापक्रम मापन गरिन्छ’, उनले भनिन्, ‘त्यतिबेला अहिलेको भन्दा पनि अरू कम हुने सम्भावना हुन्छ।’

हिजो बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो। 

मौसमविद् मानन्धरका अनुसार राति मौसम बदली भयो, आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ। 

‘न्यूनतम तापक्रम कम हुँदा बिहान चिसो बढ्छ’, उनले भनिन्। 

मौसम बदली र वर्षाका बेला केही दिनअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्रीसम्म उक्लिएको थियो।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १८ देखि २० डिग्री सेल्सियसभित्र रहने अनुमान गरिएको मौसमविद् मानन्धरको भनाइ छ। 

हिजो बुधबार उपत्यकाको अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस थियो। 

दिउँसो आकाश बादल लाग्यो, घाम लाग्न पाएन, वर्षा भयो भने अधिकतम तापक्रम घट्छ र चिसो बढ्छ, दिउँसो घाम लाग्यो, आकाश सफा भयो भने अधिकतम तापक्रम बढ्छ र न्यानो हुन्छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ। 

मौसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ। यसको अर्थ आज आकाशमा थोरै बादल देखापरे पनि मजाले घाम लाग्छ। 

आगामी दुई/तीन दिनलाई काठमाडौँ उपत्यकासहित देशभरि नै पानी पर्ने सम्भावना नदेखिएको उनको भनाइ छ। 

देशभरका लागिआजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad