ad ad

बागमती


बागमतीमा मात्रै प्रतिनिधित्व गरेको हानेपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएन

बागमतीमा मात्रै प्रतिनिधित्व गरेको हानेपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएन

नेपालखबर
माघ ११, २०८० बिहिबार १२:४७, मकवानपुर

बागमती प्रदेश सभामा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टी (हानेपा) ले राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने भएको छ।

आफ्नो दलको कुनै पनि उम्मेदवार नभएपछि मतदान नै नगर्ने निर्णय भएको बागमती प्रदेश हानेपाका संसदीय दलका नेता शैलेन्द्रराज बज्रचार्यले बताए। मतदान नगर्ने भएपछि हेटौँडा नै नआएको उनको भनाइ छ।

४ मंसिर २०७९ को आम निर्वाचनमा हाम्रो नेपाली पार्टीले काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८(१) मा निर्वाचित भएर प्रदेश सभामा प्रतिनिधित्व गरेको हो भने काठमाडौँबाटै सरिता खड्गी हानेपाकी समानुपातिक सांसद निर्वाचित भएकी थिइन्।

राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज सातै प्रदेशमा मतदान भइरहेको छ।

यसअन्तर्गत बागमती प्रदेशमा पनि ४ सिट खाली हुने भएपछि यी ४ सिटका लागि निर्वाचन हुँदैछ।

बागमती प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो। अहिले मतदान जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .