ad ad

बागमती


बालकुमारी घटनाको विरोधमा मकवानपुरमा हस्ताक्षर संकलन

बालकुमारी घटनाको विरोधमा मकवानपुरमा हस्ताक्षर संकलन

नेपालखबर
पुस १५, २०८० आइतबार १६:१८, हेटौंडा

ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हस्ताक्षर संकलन अभियान चलाएको छ।

शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परीक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा दुई युवकको मृत्यु भएको थियो।

घटनाको विरोध गर्दै हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार दिउँसोबाट जिल्ला पार्टी कार्यालय परिषरमा हस्ताक्षर संकलन अभियानको सुरुवात गरेको हो।

शुक्रबार बालकुमारीमा भएको ईपीएस विद्यार्थीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सुजन रावत र कुटपिटबाट वीरेन्द्र शाहको मृत्यु भएको थियो।

मृतक दुई युवाको न्यायका लागि सरकारलाई दबाब दिन तथा गृहमन्त्रीको राजीनामा माग गर्दै हस्ताक्षर संकलन गरिएको जिल्ला पार्टी साभापति भरत पराजुलीले बताए।

सोमवारसम्म चल्ने अभियानमा हालसम्म चार हजार हस्ताक्षर संकलन भइसकेको र तीस हजार हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको पराजुलीले बताए।

संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइने उनको भनाई छ।

त्यसैगरी पार्टीले शनिबार सोही घटनाको विरोधमा हेटौंडाको बुद्ध चोकमा विरोध र्‍याली निकालेको थियो।रास्वपा बागमती प्रदेश र्‍याट नेपालका संयोजक महेन्द्र श्रेष्ठले यो देशमा केही गर्छु भन्ने वातावरण नभए पछि वैदेशिक रोजगारमा जान बाध्य भएका युवामाथि सरकारले गोली चलाएर मारेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .