ad ad

बागमती


मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १४:५८, मकवानपुर

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ।

प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न सर्वसाधारणलाई आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँद्वारा हस्ताक्षरित विज्ञप्तिमा तिहारमा देउसी तथा भैलोलगायतका सांस्कृतिक एवं मनोरञ्जनात्मक क्रियाकलाप राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ।

यस्तै, चाडबाडको नाममा जुवातास खेल्ने, खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलाप नगर्न/नगराउन पनि विज्ञप्तिमा उल्लेख छ।

सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलाप नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

यसका साथै, चाडपर्वको बहानामा पटाका, भुइँचम्पा तथा आतिसबाजी नगर्न समेत आग्रह गरेको छ। यसप्रकारका वस्तुको प्रयोगले स्वास्थ्य एवं सुरक्षामा प्रतिकूल असर पर्ने उल्लेख गर्दै सचेत रहन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .