फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ८ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका अभियन्ता ईःलाई आज (मंगलबार) उपमेयर सुनीता डंगोलले भेटेकी छन्।
यस क्रममा उपप्रमुख डंगोलले फुटपाथ व्यवसायीका लागि वैकल्पिक नीति बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएको अभियन्ता ईः ले जानकारी दिएका छन्।
केही साथीसहित अभियन्ता ईः यही असोज २ गतेदेखि प्लेकार्ड बोकेर उभिइरहेका हुन्।
हेर्नुहोस् अभियन्ता ईःले गरेको ट्विट-
After 8 days (165 Hours) of the 199 Hour Stand: Deputy Mayor @SunitaDangol_ came out & acknowledged our concerns. Wished me good health & said that she is committed to compassionate governance & will do her best to create alternative arrangements policy for street vendors. pic.twitter.com/4fenSDXRXR
— iih ईः (@iihtter) September 26, 2023
Shares
प्रतिक्रिया