ad ad

बागमती


इँटा बोक्ने क्रममा घरको छतबाट लड्दा ६० वर्षीया लक्ष्मीको मृत्यु

इँटा बोक्ने क्रममा घरको छतबाट लड्दा ६० वर्षीया लक्ष्मीको मृत्यु

नेपालखबर
भदौ १७, २०८० आइतबार ११:४८, हेटौँडा

मकवानपुरको हेटौंडामा निर्माणाधीन घरको छतबाट लडेर मजदुर महिलाको मृत्यु भएको छ। 

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा शनिबार दिउँसो निर्माणाधीन घरको छतबाट लडेर स्थानीय ६० वर्षीया लक्ष्मी खड्काको मृत्यु भएको हो। 

स्थानीय मञ्जु लामाको निर्माणाधीन घरको छतमा इँटा लिएर जाने क्रममा लडेर लक्ष्मी घाइते भएकी थिइन्।

उनको तत्काल उद्धार गरी चुरेहिल अस्पताल लगिए पनि उपचारकै क्रममा शनिबार अपराह्न ४ बजेर ५० मिनेटमाउनको  मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक दीपक रेग्मीले जानकारी दिए। 

घटनाको मुचुल्कापछि पोस्टमार्टमका लागि शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .