ad ad

बागमती


जनैपूर्णिमामा सिन्धुपाल्चोकका आधा दर्जन धार्मिकस्थल लाग्छन् मेला

जनैपूर्णिमामा सिन्धुपाल्चोकका आधा दर्जन धार्मिकस्थल लाग्छन् मेला

नेपालखबर
भदौ ११, २०८० सोमबार १४:२४, काठमाडौँ

जनैपूर्णिमामा सिन्धुपाल्चोकको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन्। 

पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको हो।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइ रहेको पाँचपोखरीमा साना–ठूलो गरी पाँचवटा ताल छन्।

संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो।

इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी छन्। पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध भक्तजनले चढाउने गर्छन्।

विशेषगरी यहाँ जाने भक्तजनले खेतीपातीको राम्रो उब्जनीका लागि कामना गर्दछन्। पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्तिका साथै महिलाले भगवान् शिव जस्तै श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

पाँचपोखरी आसपासका स्थानमा आमायाग्री, ड्रागन गुफा, हबेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, जुगल हिमाल, दोर्जे लाक्पा हिमाललगायत पर्यटकीयस्थल रहेको वडा नम्बर –३ का वडाअध्यक्ष निमछिरिङ तामाङले जानकारी दिए। 

धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन्। 

भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेमा मनले चिताएका कुरा पूरा हुने जनविश्वास छ। भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाउँ हो। उक्त कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ।

अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताए।

योसँगै चौतारा साँगाचोकगढी नगरपालिका–८ मा रहेको रानीपोखरीमा पनी भव्य मेला लाग्ने गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न काठमाडौंको रानीपोखरीको झझल्को दिनेगरी पोखरीसहितको मन्दिर निर्माण गरिएको त्यहाँका वडाध्यक्ष अमृत दँगालले जानकारी दिए।

मेलम्ची नगरपालिका–९, पाँचपोखरी थाङपाल थाउँपालिका–८ र ईन्द्रावती गाउँपालिका–१ को सँगमस्थलमा रहेको  नौलिङेश्वर महादेवमा  पनी भब्य मेला लाग्ने गरेको छ।

समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको नौलिङेश्वर महादेवको दर्शन गर्न झाक्रीसहति दर्शाल भक्तजन आउने गरेको स्थानीयवासी किरण तामाङले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .