ad ad

बागमती


फेरि बन्द भयो नारायणगढ–मुग्लिन सडक

फेरि बन्द भयो नारायणगढ–मुग्लिन सडक

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०८० शनिबार ८:४८, चितवन

नारायणगढ–मुग्लिन सडक फेरि बन्द भएको छ। यस सडकअन्तर्गत कालीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन बन्द भएको हो।

जसका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ। 

आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक खुलाइएको थियो।

पहिरोका कारण यस सडक पटकपटक बन्द हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .