बागमती


मकवानपुरमा बस दुर्घटना, १४ जना घाइते

मकवानपुरमा बस दुर्घटना, १४ जना घाइते

नेपालखबर
चैत २, २०७९ बिहिबार १७:३, हेटाैँडा

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना भएको छ। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्टमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

आज दिउँसो ३ः४५ बजे काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ७ ख १३२६ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार सवारी चालकसहित १४ जना घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ। 

दुर्घटनामा एकजना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad