खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका ९ जनाको उपचार गर्न सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।
केही दिनअघि बौद्धको एक चिया पसलमा खाना पकाउने ग्यास विस्फोट हुँदा भएको आगलागीमा भोटेकोसी गाउँपालिकाका ७ जनासहित ९ व्यक्ति गम्भीर घाइते भएका थिए।
उनीहरूको उपचार गर्न भोटेकोसी गाउँपालिकाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा सोमबार साँखुस्थित सुस्मा मेमोरियल अस्पतालमै पुगेर जनही १ लाखका दरले ९ लाख सहयोग हस्तान्तरण गरेको महाधिवेशन प्रतिनिधि युधिर पौडेलले जानकारी दिए।
पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र वडा नम्बर ५ का अध्यक्ष दावात्याम्बा लामाको टिमले सहयोग जुटाएको हो। रासस
48
Shares
प्रतिक्रिया