ad ad

बागमती


कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार ९:१८, काठमाडौँ

चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नवराज अधिकारीका अनुसार काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा उतै गइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाया र पछाडि बसेका काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना बिहान ३ बजेतिर भएको हो। घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

रत्नगरमा गाडीले ठक्कर दिँदा पुरुषको मृत्यु
यसैबीच रत्नगरस्थित पुलमा एउटा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

‘हामी भर्खर घटनास्थल पुग्दै छौं, गाडीले मान्छे हानेर भागेको र एक जना पुरुषको मृत्यु भएको छ’, डीएसपी अधिकारीले टेलिफोनमा नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .