ad ad

अटो


इलाममा टीभीएसको दशैँ दौड रुपेश राईले जिते

इलाममा टीभीएसको दशैँ दौड रुपेश राईले जिते

नेपालखबर
असोज ५, २०७६ आइतबार ८:३३,

टीभीएस मोटरसाइकलले नजिकिँदो चाड दशैँलक्षित गरी पूर्वी जिल्ला इलाममा पनि दौड प्रतियोगिता आयोजना गरेको छ। आइतबार सम्पन्न दौडमा रुपेश राई प्रथम भए भने सेजल राई रनरअप तथा सेकेन्ड रनरअपमा प्रकाश राईले बाजी मारे।

टीभीएस मोटरसाइकलको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले काठमाडौंबाट प्रारम्भ गरेको दशैँ दौडअन्तर्गत जनकपुर, बिर्तामोडमा समेत ह्विली बिट्स कन्सर्ट तथा दुई नयाँ बाइक लन्च गरिसकेको छ। इलाममा आज भएको दौड इलामस्थित टीभीएस डीजी ट्रेडको प्रांगणबाट सुरु भई सोही स्थानमा आएर पूरा भएको थियो।

tvs daud ilam 1

कम्पनीका मार्केटिंग मेनेजर नवराज कोइरालाका अनुसार यो दौड इलामको अहिलेसम्मकै ठूलो रन म्याराथन हो। दौडमा नेपाल प्रहरी, एपीएफ, इलाम अस्पताल, इलामका पत्रकारहरु सहभागी थिए।

tvs daud ilam 2

टीभीएस दशैँ अफर
यसैबीच, टीभीएसले दशैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै दशैँको दौड योजना नेपाल भर ल्याएको छ। कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँसम्म जित्न सकिने छ।

त्यसैगरी किन्न गइसकेपछि किन्नेबित्तिकै १०० प्रतिशत क्यास ब्याकको अफर दिने भएको छ। दुवै अफर स्क्र्याच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .