ad ad

अटो


एपीएफ अस्पताललाई नाडाले दियो पाँचथरि मेडिकेटेड सामग्री

एपीएफ अस्पताललाई नाडाले दियो पाँचथरि मेडिकेटेड सामग्री

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १२:५३,

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल एपीएफ अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ।

नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लिपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार वटा समेत गरी कूल ५ थरिका मेडिकेटेड सामानहरु सहयोग गरेको हो।

ती सामग्री कोभिड—१९ युनिफाइड अस्पतालका प्रा.स प्र उपनिरीक्षक डा. मिना कुवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरेका हुन्।

ती सामानहरु हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाकोतर्फबाट सक्दो थप सहयोग समेत गरिँदै जाने बताए।

सो कार्यक्रममा डा. मिना कुँवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पु¥याइदिएकोमा नाडालाई धन्यवाद दिइन्।

सहयोगस्वरप प्राप्त यी मेडिकेटेड सामानहरु यस अस्पतालमा आएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने उनको भनाइ छ।

हस्तान्तरण कार्यक्रममा सो अस्पतालका तर्फबाट प्रा.स.प्र उपरिक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नसिंङ्ग मेट्रोन प्रा.स.प्र नायव उपरीक्षक लक्ष्मी अधिकारी समेतको उपस्थिति थियो।

त्यसैगरी सो कार्यक्रममा नाडाका तर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति थियो।

यस कार्यक्रमको सम्पूण व्यवस्थापन महासचिव रिजालले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .