ad ad

अटो


हाउजेको अफरोड बाइक र्‍याली हुने

हाउजेको अफरोड बाइक र्‍याली हुने

नेपालखबर
चैत ४, २०७७ बुधबार १०:२९,

चिनियाँ ब्रान्ड हाउजेका मोटरसाइकल बिक्री वितरण गरिरहेको कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले यही चैत ७ गते र्‍याली आयोजना गर्ने भएको छ।

आफना ग्राहकलाई लक्षित गरी २०० बाइक बेचेको उपलक्ष्यमा आउँदो शनिबार बिहान ९ बजे र्‍याली आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।

हाउजे शोरुम कमलपोखरीबाट अफ रोड र्याली सुरु हुनेछ ४० किमिको र्याली कमलपोखरी हाउजे शोरुमबाट सुरु भई देउराली टीका भैरव हुँदै पुनः जावलाखेल हाउजेको आधिकारिक सर्भिससेन्टर आएर अन्त्य हुनेछ।

र्यालीमा सहभागी राइडरलाइ खाजा, पेट्रोल, हाउजे ब्रान्ड प्रिन्ट गरेको ज्याकेट पनि दिइनेछ र निःशुल्क चेकअप साथै वासिंग पनि ग्राहकले निःशुल्क पाउनेछन्।

कम्पनीको प्रतिनिधि पनि सहभागी हुने यस र्यालीमा अझै ग्राहकसँगको सम्बन्ध नजिक हुनुको साथै अफ रोड बाइक चलाउँदाको अनुभव, आन्तारिक पर्यटनमा वृद्धि हुने हाउजे बाइकका बिजनेस म्यानेजर प्रमिला खत्रीले बताइन्।

कम्पनीले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ।

डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ।

सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ।

इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै लोकप्रिय छन्। एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ। यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो यात्रा पनि गर्न सक्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .