अटोखबर

Tata MotorsTata Motors

सामाखुसीमा खुल्यो यामाहाको अत्याधुनिक डिलरसिप


नेपालखबर
काठमाडौं, जेठ २७

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस)सहितको अत्याधुनिक डिलरसिप सुरु गरेको छ।

काठमाडौंमा यामाहा मोटरसाइकल र स्कुटरको माग बढ्दै गएको तथ्यलाई मध्यनजर गरी एमएडब्लु इन्टरप्राइजेजले बाइकर ल्याब्स प्रालिमार्फत नयाँ डिलरसिप सुरु गरेको हो।

दुईतले नयाँ शोरुमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्धनिर्देशक विष्णुकुमार अग्रवालले गरेका हुन्। यहाँबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका मोटरसाइकलको सेल्स, सर्भिस, एक्सचेन्ज र फाइनान्सको सुविधा पाउने कम्पनीले जनाएको छ।

‘यामाहा ब्रान्डका मोटरसाइकलले स्पोर्टी इमेजलाई अवलम्बन गरिरहेको छ। यामाहाका मोटरसाइकल भन्नेबित्तिकै पिकअप, स्टाइल, पावर, एसिलेरेसनमा उत्कृष्ट भन्ने बुझिन्छ। पछिल्ला समयमा हामीले ल्याएका आर१५ भी३, र एफजी भी३ ले पनि यामाहाको स्पोर्टी इमेजलाई बलियो बनाइदिएको छ,’ नयाँ सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रबन्धनिर्देशक अग्रवालले भने, ‘यामाहाका मोटरसाइकलले चालकको सुरक्षासँग कुनै सम्झौता रोमाञ्चकतालाई प्रत्याभुत गर्छ।’

त्यसैगरी, बाइकर ल्याब्स्का संस्थापक दिपक सिंजालीले युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गर्वको कुरा भएको बताए। उनले दुईतले यो सोरुमबाट ग्राहकले राम्रो सपिङ एक्सपिरियन्स गर्ने पनि बताए। उनले यामाहाले विक्रीलाई मात्र नभई विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए।

Yamaha2

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।

Bidhlabmobile bidhlab

यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यसको माग युवा राइडरहरुमाझ अत्याधिक बढेको छ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ।

जेठ २७, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors