अटोखबर

Tata MotorsTata Motors

जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाल भित्रियो


नेपालखबर
काठमाडौं, असार २०

दुई पांग्रेका साथै ठूला गाडीहरुका लागि समेत आवश्यक जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा भित्रिएका छन्। एसडीआई अटोमोबाइल्स प्रालिले रिटेलर भेलाका साथ जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारका लागि सार्वजनिक गरेको छ।

सो अवसरमा जेके फेनर र यसका उत्पादनका वारेमा आवश्यक जानकारी समेत प्रदान गरिएको थियो । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दीपक खड्का, संस्थापक अध्यक्ष महेश बज्राचार्यका साथै जेके फेनरका सिईओ मनिषकुमार सिन्हा लगायतको उपस्थिति थियो।

सो अवसरमा उपत्यका र काभ्रे जिल्लाका विभिन्न स्थानमा कार्यरत अटो मेकानिक्स, अटो पार्ट्स व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो। जेके फेनर इन्डिया लिमिटेड जेके अर्गनाइजेसनको सदस्य हो । यो विगत एक सय वर्षदेखि भारतको मूख्य औद्योगिक घरानाका रुपमा लोकप्रिय छ । मेकानिकल पावर ट्रान्समिसन र सिलिङ सोलुुसनका लागि फेनर लोकप्रिय छ । विशेष गरी बेल्ट, आयल सिल किट आदि धेरै मात्रामा प्रयोगमा आएको पाइन्छ । रबर कम्पोनेन्ट र विशेष गरी बेल्ट, आयल सिल, होसेज आदिका लागि यो कम्पनी लोकप्रिय छ ।

jk auto 2

जेके ग्रुपले जेके टायरदेखि जेके पेपर, जेके सिमेन्ट, ट्रान्समिसन, बेल्टदेखि आयलसिल प्रोडक्ट उत्पादन गर्दैै आएको छ । कम्पनीले होसेज, ड्याम्पर रबर आदि टु ह्विलर र फोर ह्विलरका लागि थप उत्पादन उपलब्ध गराउदै आएको छ । ६ महिना पहिलेदेखि नेपालका लागि एसडीआई अटोमोबाइल्सले जेके फेनरको आधिकारिक विक्रेताको रुपमा कार्य गरिरहेको बताएको छ।

टु ह्विलर, थ्री ह्विलर, फोर ह्विलर र ट्रक बस सेगमेन्टका सबै सवारी साधनमा यी उत्पादन प्रयोग गर्न सकिन्छ । स्कुटरदेखि ट्रक, टिपर, डोजर, लोडर सम्म सबै सवारी साधनमा जेके फेनरका उत्पादन प्रयोग गर्न सकिने एसडीआई अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले बताए।

असार २०, २०७६, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors