अटो


रिकन्डिसन व्यवसायी संघको अन्तर्क्रिया कार्यक्रम

रिकन्डिसन व्यवसायी संघको अन्तर्क्रिया कार्यक्रम

नेपालखबर
असार १५, २०७६ आइतबार ८:१,

 सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरहरुको कारोबार गर्ने व्यवसायीहरुको संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा अन्तर्क्रिया कार्यक्रम गरेको छ। संघले दुई पांग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण तथा यातायात व्यवस्था सुदृढीकरण विषयमा अन्तक्र्रिया गरेको हो।

कार्यक्रममा दुवै हात गुमाएकी मेघा घिमिरेलाई नगद सहयोग गरिएको संघले जनाएको छ। घिमिरेलाई ९२ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो।

nepal automobile recondition 2

कार्यक्रम बीएन पाठकको सभापतित्वमा भएको थियो। प्रमुख अतिथि शुद्ध कुमार डङ्गोल र विशेष अतिथिहरु यातायात व्यवस्था कार्यालय गुर्जुधाराका शाखा अधिकृत रामचन्द्र दाहल, प्रहरी नायव उपरिक्षकद्वय राजेन्द्र पोखरेल र प्रदिपकुमार भट्टराई, संघका महासचिव दिनेश महत लगायत स्थानिय निकायका अन्य पदाधिकारी र संघका सल्लाहकार रहेका थिए। संघमा १ सय ४० भन्दा बढी सम्बन्धित व्यवसायी रहेका छन्।

nepal automobile recondition 3

कार्यक्रममा रिकन्डिसन व्यवसायका समस्याको उचित समाधान गरिनुपर्ने सहभागीहरुले बताएका थिए। व्यवसायीहरुले उठाएका कुरामा स्थानीय तह, प्रहरी र यातायात व्यवस्था कार्यालयले आफूहरुबाट यसबारे पहल गर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .