ad ad

अटो


‘योङ ड्राइभर’ टोली सिंगापुर प्रस्थान

‘योङ ड्राइभर’ टोली सिंगापुर प्रस्थान

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार १०:३५,

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) तथा काठमाडौँ इञ्जिनियरिङ्ग कलेज (केईसी) कालिमाटीद्वारा सञ्चालन भईरहेको ‘१०० युथ अफ फ्युचर’ अभियान अन्तर्गतको तिनवटै कार्यक्रमबाट सिंगापुर भ्रमणका लागी छानिएका ७ जना ड्राइभर तथा ३ जना अफिसीयलको टोली बिहीबार सिंगापुर प्रस्थान गरेको छ।

उक्त १० जनाको टिममा लिडर दशरथ रिसाल, टिम म्यानेजर मन्चन तिवारी, दिप्रश शाक्य तथा ड्राइभर सरोज श्रेष्ठ, विजय पौडेल, सदिक्षा आचार्य, सोनी ठकूरी, सुष्मा नेपाल, आश्विन जलान, सुवर्ण सिङ्ग बिष्ट रहेका छन्।

नासाले मोटरस्पोर्ट्सको विश्व महासंघ ‘एफआईए’ को सहयोगमा गत वर्षदेखि सञ्चालित ‘१०० युथ अफ फ्युचर’ अन्तर्गतका बिजयी काठमाडौँ ईञ्जिनियरिङ्ग कलेजका ‘योङ ड्राइभर्स’ लाई नोभेम्बर १ देखि ३ तारिख सम्मका लागि ‘फर्गन एक्पोसर’ को रुपमा सिंगापुर स्थित ‘केएफ १ सर्किट’ को अध्ययन भ्रमण तथा टेस्ट ड्राइभको लागि लैजान नासाका अध्यक्ष दशरथ रिसालले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .