खेल


नेपाल हङकङसँग ४ विकेटले पराजित, इमर्जिङ कप पनि खेल्न नपाउने

नेपाल हङकङसँग ४ विकेटले पराजित, इमर्जिङ कप पनि खेल्न नपाउने

नेपालखबर
बैशाख ८, २०८१ शनिबार १९:३४, काठमाडौँ

एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि हङकङसँग स्पर्धा गरेको नेपाल पराजित भएको छ।

यससँगै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न नपाउने भएको छ। शुक्रबार यूएईसँग पराजित नेपालको एसिया कप खेल्न सम्भावना सकिएको थियो।

हङकङ ६ विकेटको क्षतिमा नेपालले दिएको १४० रनको साधारण लक्ष्य भेट्टाएको थियो।

हङकङ ६ विकेटको क्षतिमा नेपालले दिएको १४० रनको साधारण लक्ष्य भेट्टाएको थियो।

बलिङ र ब्याटिङ दुवैतर्फ नेपालको प्रदर्शन फितलो रह्यो। ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाउँदा बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिए।

हङकङका अंशुमन रथले ५० बलमा प्रभावशाली ६५ रन जोडे। बाबर हायातले २६ र एजाज खानले १२ रन बनाएका थिए।

नेपालका ऐरीबाहेक अन्य ब्याटरहरु चल्न सकेनन्। सन्दिप जोराले २२ रन बनाए भने कप्तान रोहित पौडेलले २१ रन।

कुशल मल्ल १३ रनमा आउट हुँदा सोमपाल कामी १२ रनमै आउट भए। अन्य ब्याटरहरुले दोहोरो अंक जोड्न सकेनन्। कुशल भुर्तेल शून्यमा आउट भए।

हङकङका लागि आयुष शुल्काले ३ विकेट लिएका थिए। उनले सुरुवाती ३ विकेट लिँदै नेपालको पारी धराशायी बनाउने काम गरे।

आतिक इकबाल, यासमिन मुर्तजा र एहसान खानले पनि एकएक विकेट लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .