बागमती


चोभारमा दमकल पल्टिँदा ३ सशस्त्र प्रहरी र ३ नगर प्रहरी घाइते (नामावली)

चोभारमा दमकल पल्टिँदा ३ सशस्त्र प्रहरी र ३ नगर प्रहरी घाइते (नामावली)

घटनास्थल


नेपालखबर
बैशाख ८, २०८१ शनिबार २०:६, काठमाडौँ

शनिबार दिउँसो कीर्तिपुर नगरपालिकामा पर्ने चोभार डाँडास्थित ज‌ंगलमा लागेको आगो निभाउन गएको दमकल पल्टिँदा ३ सशस्त्र प्रहरी र ३ नगर प्रहरी घाइते भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडाैँका अनुसार कीर्तिपुर नगरपालिका- ६, चोभार गेटस्थित जंगलमा भएको आगलागी निभाउने क्रममा काठमाडाैँ महानगरपालिकाको दमकल आज दिउँसो १ बजेतिर दुर्घटनामा परेको हो। 

आगो निभाउन गएको दमकल पल्टिँदा रामेछापको मन्थली नगरपालिका-७ घर भई २१ नं. गण ललितपुर दक्षिणकालीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार ३३ वर्षीय शंकर माझी,  दोलाखाको मेलुङ गाउँपािलका-६ घर भई २१ नं.गण भक्तपुर दुवाकोटमा कार्यरत सशस्त्र प्रहरी हवल्दार वर्ष ३६ का शंकर श्रेष्ठ,  दोलखाको बध्याश्‍वर गाउँपालिका-१ घर भई ९ नं. गण बर्दिवास महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान वर्ष ३१ का रामबहादुर श्रेष्ठ, तनहुँको बन्दीपुर गाउँपालिका-९ घर भई हाल काठमाडौँ मनगरपालिकामा कार्यरत नगर प्रहरीका प्रहरी नायब निरीक्षक ५५ वर्षीय मीनबहादुर गुरुङ, लमजुङको राइनाथ गाउँपालिका-८ घर भई हाल काठमाडौँ महानगरपालिकामा कार्यरत नगर प्रहरी वर्ष ४१ का सन्तोष राना भाट र कीर्तिपुर नगरपालिका-८ घर भई काठमाडौँ महानगरपालिकामा कार्यरत नगर प्रहरीका प्रहरी हवल्दार वर्ष २७ का सुरेश कार्की घाइते भएका हुन्। 

उनीहरूको अहिले बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

स्थानीयको खबरपछि चोभार जंगलमा लागेको आगो निभाउन काठमाडौँ महानगरपालिकाका चारवटा दमकल गएका थिए। त्यस क्रममा एउटा दमकल दुर्घटनामा परेको हो।

‘आगो त नियन्त्रणमा लिन सफल भयौँ, तर एउटा दमकल दुर्घटना भयो’, घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘आगो नियन्त्रणमा नलिएको भए नजिकै बस्तीलाई भेट्ने खतरा थियो।’

आगोबाट गाउँवस्ती सुरक्षित रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .