एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङसँग खेल्ने भएको छ।
तेस्रो स्थानको विजेता टोलीले फाइनल खेल्ने दुई टोलीसँगै इमर्जिङ कपमा स्थान बनाउनेछ।
प्रिमियर कपको फाइनल खेल्दै एसिया कप खेल्ने नेपालको चाहाना अधुरै रहेपछि नेपालले अब इमर्जिङ कपमा स्थान बनाउन खेल्नेछ।
नेपाल र हङकङ बीचको खेल शनिबार सवा ४ बजे सुरु हुनेछ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएसँगै नेपालले तेस्रो स्थानका लागि खेल्ने टोलीको टुङ्गो लागेको हो।
नेपालले समुह चरणका हङकङलाई ८ विकेटले हराएको थियो।
आजै भएको पहिलो सेमिफाइनलमा युएईसँग ६ विकेटले पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि खेल्न लागेको हो।
प्रिमियर कपको उपाधिका लागि युएई र ओमान आइतबार खेल्नेछन्। यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ।
Shares
प्रतिक्रिया