समाज


ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८१ सोमबार ९:३०, ताप्लेजुङ

आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ। 

मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ। भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ। 

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद रु २० हजार नष्ट छ। 
 
ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .