यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ।
नेपालतर्फबाट १० जना सेर्पाहरूको समूहले शुक्रबार राति ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो।
उक्त समूहले डोरी टाँग्ने काम पनि सफलतापूर्वक सम्पन्न गरेको सेभेन समिट ट्रेकले जनाएको छ।
आरोहण दलमा डेन्डी सेर्पा (दल नेता), तेन्जिङ ग्याल्जे सेर्पा, नाम्गेल दोर्जी सेर्पा, सुकबहादुर तामाङ, दावा रिन्जे सेर्पा, दावा सेर्पा, रिन्जी सेर्पा, पेम्बा तासी सेर्पा, पाम दोर्जे सेर्पा र लाक्पा सेर्पा छन्।
हिउँमाथि डोरी टाँग्ने र भर्याङ बनाउने काम सम्पन्न भएकाले अब अन्य स्वदेशी तथा विदेशी आरोहीका लागि सगरमाथा आरोहण खुला भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
यस ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले समगरमाथा आरोहणका लागि अनुमति लिएका छन्।
सर्वोच्च अदालतले अबदेखि आरोहणका लागि सीमा तोक्न परमादेश दिएको छ।
Shares
प्रतिक्रिया