ad ad

समाज


पुल निर्माणको माग गर्दै १२ दिनदेखि अनशन

पुल निर्माणको माग गर्दै १२ दिनदेखि अनशन

नेपालखबर
असोज २, २०७६ बिहिबार १५:४,

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै शुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ। पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए। सीमानाकामा पक्की पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिए।

पुल निर्माणका लागि ठोस पहल नभएसम्म अनशन जारी रहने सङ्घर्ष समितिले जनाएको छ। अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन्। दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि कुनै सुनुवाइ नभएपछि झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिको अगुवाइमा रिले अनशन बस्न बाध्य हुनुपरेको पुल निर्माण संघर्ष समितिले जनाएको छ।

विसं २०५९ मा दश हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ। यसका साथै मोटरेबल पुल निर्माणको लागि विसं २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो। अनशन जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि शुरु भएको हो। झुलाघाटमा मोटरेबल पुल नहुँदा हाल दशकौँ पहिले बनेको जीर्ण झोलुङ्गे पुलबाट वारपार गर्नुपरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .